• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित



काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

उच्च अदालतमा विद्यार्थीले मुद्दा हालेपछि निर्वाचन स्थगित भएको हो । यही भदौ २८ शुक्रबारका लागि निर्वाचन तय भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नामावली नआएपछि साइन्स एण्ड टेक्नोलोजी डिपार्टको छैटौं सेमेस्टरका विद्यार्थीले रिट हालेका हुन् ।

मध्यपश्चिम विश्विद्यालयमा साउन ३१ गतेदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो । जसअन्तर्गत निर्वाचन अकिकृतको कार्यालयले भदौ ५ गते अन्तिम नामावली प्रकाशित गरेको थियो ।