११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारीः महनगरप्रमुख पराजुली



अ+ अ-

मोरङ । विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ । महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज  ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका लागि अक्सिजन तथा आइसोलेसन शय्याको व्यवस्थापन तथा  सीमा नाकामा एक दर्जन चिकित्सक परिचालन गरी एन्टिजेन परीक्षणको दायरा बढाउनाका साथै   आवश्यक हेल्थ डेस्कको व्यवस्था मिलाइएको बताउनु भएको हो ।

उहाँले  विराटनगर रानीस्थित भारतीय सीमा नाका भएर नेपाल प्रवेश गर्ने सम्पूर्ण व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यसैगरी महानगरपालिकाका १९ वटै वडामा खोप केन्द्रमार्फत नियमित  खोपको  व्यवस्था मिलाउनाका साथै कोभिडविरुद्ध सचेतना  फैलाउन माइकिङ, पर्चापम्प्लेट तथा माक्स वितरणलगायत  स्वास्थ्य जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको महानगर प्रमुख पराजुलीले बताउनुभयो । 

कोभिड सङ्क्रमणको सङ्ख्या वृद्धिसँगै  खोप लगाउन आउनेहरुको चाप बढ्दै गएकाले खोप केन्द्र विस्तार गर्ने तयारीमा महानगरपालिका रहेको उहाँको भनाइ थियो । यसअघि खोप लगाउनेको सङ्ख्या कम भएकाले  खोप केन्द्रमा भीडभाड थिएन तर अहिले खोप लगाउनेको चाप एक्कासि वृद्धि हुँदा खोप केन्द्रमा भीडभाड बढेकाले त्यसलाई व्यवस्थापन गर्न महानगरपालिका लागिरहेको जानकारी दिँदै महानगर प्रमुख पराजुलीले  नियमित खोपको व्यवस्थासँगै पिसिआर परीक्षण सङ्कलनको कार्यलाई समेत निरन्तरता दिइरहेको बताउनुभयो ।  

प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड व्यवस्थापन नियन्त्रण रोकथामका लागि कसले के गर्ने भन्ने विषयमा सबैलाई आ–आफ्नो जिम्मेवारी दिइएकाले काम गर्न सहज भएको उहाँको भनाइ थियो ।कोभिड ओमिक्रोन छिटैै  फैलिने भएकाले यसलाई सामान्य रुपमा नलिन र स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गर्दै महानगर प्रमुख पराजुलीले आगामी दिनमा ओमिक्रोनको असर धेरै बढ्नसक्ने भएकाले स्वास्थ्य सावधानी अपनाउँदै अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिनुभयो ।