• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

टिकटकर विमला झुण्डिएको अवस्थामा मृत फेला



काठमाडौँ । डडेल्धुराकी एक युवती मृत भेटिएकी छिन् ।

गन्यापधुरा गाउँपालिका–३ की टिकटकर २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी हुन् ।

टिकटकमा २ लाख २४ हजार फलोअर्स भएकी देउवा हिजो झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विमलाका बुवाको केही समयअघि मृत्यु भएको थियो भने दाजु विदेशमा छन् ।