७ जेष्ठ २०८२, बुधबार
,
Latest
सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’ ‘गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै शान्त भयो’ विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग प्रचण्ड कहिल्यै पनि सुध्रिँदैनन्ः सूर्य थापा उद्योगहरुमा पर्याप्त विद्युत वितरण, आजबाट डेढ सय मेगावाट विद्युत निर्यातः मन्त्री खड्का नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण– तस्बिरहरु लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैनः उर्जामन्त्री खड्का लैङ्गिक हिंसा विरुद्धको अभियानमा निजी क्षेत्रको सहकार्य विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको उर्जामन्त्री खड्काको गुनासो अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु



अ+ अ-

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आज दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल ठक्किँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय आस्विन सुनारको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते सुनारलाई तत्काल आँबुखैरेनी अस्पताल लगिएकामा २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।

प्रहरीले बस चालक लमजुङको सुन्दरबजार नगरपालिका–८ बस्ने २८ वर्षीय दीप भुजेललाई नियन्त्रणमा लिएको छ । यसैगरी बसको पछाडिपट्टि बि ४६५० नम्बरको कार ठोक्किएको थियो ।