• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

पर्यटन बोर्डको सीइओ नियुक्ति विवादमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश



काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको सीइओ नियुक्ति विवादमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश नहुने भन्दै कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

बोर्डको सीईओमा दीपकराज जोशी नियुक्ति भएका थिए । जोशीको नियुक्ति बरियताक्रम मिचेर गरिएको र आफू पहिलो नम्बरमा हुँदा हुँदै पन्छाएको दाबी गर्दै डा.धनञ्जय रेग्मीले रिट दायर गरेका थिए ।

उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग यसको कारण माग गरेको हो । यो विवादमा अब अर्को सुनुवाइपछि अन्तरिम आदेश जारी हुने वा नहुनेबारे निर्णय हुनेछ ।

सर्वोच्चले हाललाई अन्तरिम आदेश जारी नगरेका कारण जोशीले काम गर्न भने पाउनेछन् ।