२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको गरिमा बचाउन उपसभामुखले राजीनामा दिनुपर्छ: सांसद गिरी



अ+ अ-

काठमाडौँ ।नेकपा(एमाले)का सांसद पदम गिरीले संसदको गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले उपसभामुख रानाले संसद बाहिरका व्यक्तिहरुलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दुतावासमा पत्र लेख्नुले संसदको गरिमामा आँच पुगेको बताउनु भयो । उहाँले उपसभामुखको कदमले सांसदहरुको शिर निहुराएको र लज्जित बनाएको बताउनु भयो । उहाँले उपसभामुखले पदीय मर्यादा अनुरुप काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिन आग्रह गर्नुभयो । उहाँले उपसभामुखले संसदको मर्यादा र गरिमालाई कायम राख्न नसकेको बताउनु भयो । संसदको मर्यादा कायम राख्नका लागि उपसभामुखको राजीनामा आउनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘संसदको गरिमामय व्यक्ति उपसभामुख । उहाँले गर्ने काम, व्यवहारहरु, उहाँले लिने निर्णयहरु निश्चित रुपमा यो संसदको अत्यन्तै कन्र्सनको विषय रहन्छ । संसदको गरिमासँग यो विषय जोडिन्छ भन्ने कुरा हामी सबैले ध्यान राख्नुपर्छ । उपसभामुखले अमेरिकाको न्युर्योक शहरमा महिलाहरुको एउटा कार्यक्रममा जानको निम्ति आफ्नो लेटरप्याड प्रयोग गरेर त्यो पनि वैदेशिक रोजगारी व्यवसायीहरुको मिलेमतोमा संसदबाहिरका ४/५ जना मान्छेहरुलाई कार्यक्रममा जानका निम्ति दुतावासमा पत्र लेखेर दुतावास धाउने कुराले यो सिंगो संसदको गरिमामा आँच आएको छ कि छैन ? सार्वभौमसत्ता सम्पन्न यो संसदका सदस्यहरुको शीर निहुरिएको छ कि छैन ? यस्ता कुराहरुले लज्जित बनाउँछ । यो कुनै प्रतिशोधको कुरा होइन ।

उपसभामुखज्यूले आफ्नो पदिय मर्यादा अनुरुपको काम गर्न सक्नुभएन । सम्मानित संसदको मर्यादा र गरिमालाई कायम राख्न सक्नुभएन । ३/४ महिनाको अवधिमा उहाँले सोच्नुहोला । उहाँ आवद्ध रहेको दलसँग पनि बसेर छलफल गर्नुहोला र यसपछि निकास दिनुहोला भन्ने हामीलाई लागेको थियो । आज यत्तिका समयसम्म हामीले हेर्‍यौँ । यसमा कुनैपनि कदम नचालेपछि स्वभाविक रुपमा यो बाहिर चासोको विषय बन्यो । संसद भित्रको विषय पनि बनेको हो । त्यसकारणले म आग्रह गर्न चाहन्छु, उपसभामुखले यो संसदको गरिमालाई बचाउनका निम्ति पनि उहाँले आफ्नो पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा यो संसदको गरिमा उँचो हुन्छ । सिंगो संसदको मर्यादाको निम्ति उहाँले यो कदम चाल्नुपर्छ ।’

उहाँले उपसभामुखले निकास दिनुहोला भन्ने सोचेर अहिलेसम्म बाटो हेरेको भएपनि अहिलेसम्म कुनै सम्बोधन नभएपछि यो विषय संसदभित्र प्रवेश गरेको बताउनु भयो ।