२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ता भर्ती गर्ने बाटो सहज बनाउन उपसभामुखबिरुद्ध महाअभियोग लगाउँदैछन्: अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संवैधानिक परिषद्मा सहज बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानाबिरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै बिरोध जनाउनुभएको छ ।

मंगलवार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरु संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न र अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाएर कार्यकर्ता नियुक्ति गर्ने तयारीमा लागेको बताउनु भयो । उहाँले जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरु सच्चिने बाटोमा नगएको बताउनु भयो । उहाँले राजनीतिक दलहरु फेरि पनि जति सकिन्छ लुटौँ, खाआँै भन्ने बाटोमा गइरहेको आरोप लगाउनु भयो । उहाँले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई सचेतकले भनिरहनुभएको थियो, काँग्रेस र एमालेको बैठक र सरसल्लाह के भइरहेको छ रे भने संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अफ्ठ्यारो पार्‍यो । बहुमत पुगेन रे । बहुमत नपुगेपछि बहुमत पुर्‍याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुपर्‍यो भन्दा उपसभामुख हटाउन महाअिभियोग लगाउनुपर्‍यो भनेर भनिरहेको छ । देश कहाँ गइरहेको छ । यत्रो परिवर्तन आइसक्दा, जनताको असन्तुष्टि यस प्रकार छताछुल्ल भइराख्दा पनि उनीहरु सच्चिने बाटोमा छैनन् । फेरि पनि जति सकिन्छ लुटौँ, जति सकिन्छ खाऔँ । सबै हामी खाऔँ भन्ने बाटोमा लागेका छन् । देश प्राथमिकतामा छैन उनीहरुको ।’

अध्यक्ष लिङदेनले गणतन्त्र, धर्म निरपक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने बताउनु भयो । यसको अन्त्य नगरी देशले स्थायित्व प्राप्त गर्न नसक्ने जिकिर गर्नुभयो । देश र धर्म जोगाउने अभियानमा राप्रपा हिँडेको बताउनु भयो । उहाँले आफू भ्रष्टाचार अनियमिततामा शुद्ध भएको भन्दै कुनैपनि अग्नि परीक्षा दिन तयार रहेको बताउनु भयो ।