३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता थियो: गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाल काँग्रेसका महामन्त्री गगनकुमार थापाले विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा नै व्यक्तिको स्वतन्त्रता भएको भन्दै स्वतन्त्रता नभइकन समानता सम्भव नरहने विपीको सोच रहेको बताउनुभएको हो ।

उहाँले समानताको पूर्वशर्त भनेको स्वतन्त्रता रहेको बताउनु भयो । उहाँले स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर विपीको लागि रहेको बताउनु भयो । उहाँँले स्वतन्त्रतामा टेकेर समानताका लागि विपीले प्रयत्न गर्नुभएको बताउनु भयो । उहाँले विपीले जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता भन्ने सिद्धान्त अघि सार्नुभएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा भनेको व्यक्तिको स्वतन्त्रता हो । वैयक्तित स्वतन्त्रता हो । स्वतन्त्रता नभइकन समानता सम्भव छैन । समानताको पूर्वशर्त भनेको स्वतन्त्रता हो । एउटै मात्र मन्त्र भनेर नौजवानलाई भन्नुपर्‍यो भने, तिम्रो विपीले के भन्नुहुन्थ्यो भन्यो भने एक लाइनमा भन्नुपर्दा म यही भन्छु । स्वतन्त्रता सबैभन्दा मुख्य तत्व हो । स्वतन्त्रता समानताको पूर्वशर्त हो । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जुन समानताको कुरा गर्छौं, त्यसको पूर्वशर्त भनेको स्वतन्त्रता हो । त्यो स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर विपीको लागि रह्यो । त्यो समानताका लागि विपीले प्रयास र प्रयत्न गर्नुभयो । तर स्वतन्त्रतामा टेकेर । जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता छैन ।’

महामन्त्री थापाले विपीको लागि स्वतन्त्रता नै अन्कम्प्रमाइजिङ कुरा भएको बताउनु भयो ।