१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवासीय चिकित्सकहरुमाथिको श्रम शोषण अन्त्य गर्न सांसद कार्कीको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले निजी मेडिकल कलेजहरुले आवासिय चिकित्सकहरुमाथि गरिरहेको श्रम शोषण अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले नीजि मेडिकल कलेजहरुले आवाशिय चिकित्सकहरुमाथि श्रम शोषण र अत्याचार गरिरहेका बताउनुभएको हो ।

उहाँले ०७२ घण्टासम्म निरन्तर श्रममा लगाउनेसम्मको अवस्था रहेको भन्दै श्रम शोषणको अन्त्य गर्न आग्रह गर्नुभयो । उहाँले सरकारी मेडिकल कलेजहरुले भर्ना शुल्क २२ लाख रुपैयाँ मात्र लिएपनि नीजि मेडिकल कलेजहरुले भने त्योभन्दा बढी शुल्क लिइरहेका भन्दै आफुहरुले त्यसरी माफियाकरण हुन नदिने चेतावनी दिनुभयो ।

उहाँले भर्ना शुल्क २२ लाख रुपैयाँबाट क्रमश: घटाउँदै नि:शुल्क बनाउन माग गर्नुभयो ।