२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई काँग्रेस सांसदको प्रश्न: बंगलादेश नेपालमा जहाजमा ल्याउनुहुन्छ की रेलमा ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश बंगलादेश बन्दैछ भन्दै भ्रम पैदा गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले केही समयअघि देश श्रीलंका बन्छ भन्दै हल्ला गर्ने र अहिले देश बंगलादेश बन्छ भन्दै भ्रम पैदा गर्ने गरेको बताउनु भयो । बंगलादेश नेपालमा रेल चढाएर ल्याउने की हवाई जहाज चढाएर ल्याउने भन्दै प्रश्न गर्नुभयो । उहाँले पूर्वप्रधानमन्त्री जस्तो मान्छेले जनतामा भ्रम पैदा गर्न नहुने भन्दै सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘विदेशी मुद्राको सञ्चिति खत्तम छ भनेर हल्ला मच्चाएका छन् । देश श्रीलंका जस्तो हुन्छ, नेपाल श्रीलंका जस्तो बन्छ भन्नेहरु पनि छन् । उनीहरुका लागि विदेशी मुद्राको सञ्चिति बढेर गएको छ । अहिले अर्कोथरीले बंगलादेशको हल्ला गर्दैछन्, बंगलादेश जस्तो नेपालमा ल्याउने, बंगलादेश नेपालमा रेल चढाएर ल्याउँछन् की हवाई जहाज चढाएर ल्याउँछन् । बंगलादेशको आन्दोलन ल्याउँछु भन्दैछन् ।’

सांसद मिश्रले सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्ने बताउनु भयो ।