२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
राखेपका चार सदस्यको पद यथावत कायम गर्न सर्वोच्चको आदेश साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने जोगियो डा. तोसिमा कार्कीको पद, उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा बदर सरकारले शासन सञ्चालनमा पक्षपात गरेको नेकपा एसको आरोप स्ववियु निर्वाचनः यी हुन् हालसम्म सर्वसम्मत भएका सभापति (सूचिसहित) लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, राजनीतिक प्रणालीलाई समृद्ध बनाऔँः सांसद बिष्ट हराएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण धार्मिक पर्यटनसँग जोड्दै लाटी बाराही देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री प्रचण्डलाई राप्रपाको चेतावनीः भविष्यमा सदनमा नपस्ने व्यवस्था जनताले गर्छन् भन्ने हेक्का होस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख रानालाई एमालेको सुझाव: पदबाट राजीनामा दिनुस्



अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गर्नुभएको छ ।

आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित गर्न पनि उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुने उहाँको सुझाव थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले आफूले पनि सञ्चारमन्त्री हुँदा ७० करोड भिडियो प्रकरणबारे प्रश्न उठेपछि पदबाट राजीनामा दिएर लोकतन्त्रलाई सुदृढ बनाउन योगदान दिएको उल्लेख गर्दै उपसभामुख रानाले पनि सोही अनुसार अघि बढ्दा हुने बताउनु भयो । उहाँले पदीय आचरणमाथि प्रश्न संसदमा पटक पटक उठेपछि त्यसलाई स्पष्ट पार्न पनि उपसभामुख रानाले पदीय दायित्व छोडेर छानविनका लागि सहयोग गर्नु उचित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले सुने–संसदको उपसभामुखको विषयमा खासगरी बालबालिकाहरु अथवा अन्य देशमा जोडिएका कयौं मान्छेहरुको सन्दर्भमा अमेरिका पठाउने प्रकरणमा उहाँको बारेमा प्रश्न उठ्यो । र यहाँ कतिपय साथीहरुले भन्नु भयो– यो लोकतन्त्रको चीरहरण हुन्छ । उहाँमाथि प्रश्न उठाउन मिल्दैन । तर मेरो सामान्य ज्ञानले के भन्छ भने लोकतन्त्र नै त्यो व्यवस्था हो, जसले सबैमाथि प्रश्न उठाउन पाउँदछ । र जसलाई नैतिकताको कसीमा जाँचिनु छ । उहाँले त्यसलाई चुनौति दिनका निम्ति आफूमाथिको निष्पक्षतालाई चुनौति दिनका लागि, सहीपनालाई चुनौति दिनका निम्ति र अरुलाई गलत प्रमाणित गरेर आफूलाई सही प्रमाणित गर्ने अवसर पनि लोकतन्त्र र कानूनी राजमा हुन्छ । त्यसो हो भने मेरो सामान्य सुझाव छ उपसभामुखज्यूलाई । जब यत्रो प्रश्न उठेर सदनमा पटक पटक कुरा उठिसक्यो भने यहाँ कयौ दृष्टान्तहरु छन । जसमध्ये म पनि एउटा हुँ । एउटा प्रश्न उठिसकेपछि मैले आफ्नो पदबाट राजीनामा दिएको थिए । म माथि छानविन गरियोस, दोषी भए प्रमाणित गरियोस ।’

‘तथ्यका आधारमा सत्य प्रमाणित गरियोस र कारबाही गरियोस । यो नैतिकता, यति आँट, यति साहस राजनीतिक मान्छेसित हुनुपर्छ, जसले लोकतन्त्रको दुहाई दिन्छौ । त्यसैले मेरो भन्नु के छ भने–जब यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्ग प्रशस्त गरे के बिग्रिन्छ त ? बाँकि सबैलाई एकमुष्ट जवाफ भएन । अरु कुरा त कानूनले गर्ला । छानविन कुनै भयो भने त्यसले गर्ला । त्यति गर्नका निम्ति मेरो सुझाव छ । त्यसैले प्रश्न उठनु र जवाफदेहिता बोक्नु, जवाफदेहिता चाहिन्छ भनेर माग गर्ने कुरा लोकतन्त्रको हत्या हुँदैन । लोकतन्त्रको थप सुन्दर पक्ष के हुन्छ भने यसले लोकतन्त्रलाई बलियो बनाउन मद्दत पुग्छ । त्यसकारणले जब प्रश्नहरु उठछन, आफ्ना बारेमा उठदा के, अर्कोको बारेमा उठदा के ? यो होइन, जब गम्भिर प्रश्न उठदछ । हाम्रो प्रणाली भित्र, व्यक्तिका आचरण भित्र वा उसका पदीय दायित्वभित्र रहेर गर्नुपर्ने काममा उहाँले पद छोडदा भई गयो नि । त्यसमा ठूलो पद, सानो पद के रह्यो र । म त भन्छु–सांसदहरुका बारेमा पनि त्यस्ता प्रश्न उठेभने के गर्ने भनेर कानून, नियम बनाउन । त्यति आँट राखौन । त्यसले सबैभन्दा राम्रो काम गर्दछ भन्ने मलाई लाग्दछ । पारदर्शिताका लागि पनि मार्ग प्रशस्त गरे हुन्छ ।’

सांसद बास्कोटाले लोकतन्त्रको दुहाई दिनेहरुले आफूमाथि उठेको हरेक प्रश्नको जवाफ दिने आँट गर्न सक्नुपर्ने बताउनु भयो ।