३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीसम्बन्धि छानविन समितिको ध्यान मोड्न म माथि सहकारी ठगीको आरोप लगाइयो: धनराज गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गर्नुभएको हो ।

उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानविन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराउनु भयो । उहाँले आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिवद्ध रहेको पनि दोहोर्‍याउनु भयो । उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसदीय छानविन नै गर्नुपर्छ भने पनि म तयार छु । मेरो लागि यो सुवर्ण अवसर हुनेछ । तथापि प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो जिम्मेवार पदमा म छैन सभामुख महोदय । म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु । मेरा बारे लागेको आरोपको सत्य, तथ्य छानविन गरिदिन म सम्माननीय सभामुख, माननीय गृहमन्त्रीजी, अनि संवद्ध निकायहरुलाई आग्रह गर्दछु । विगतमा पनि कुनै आरोप लाग्दा सम्मानित अदालतबाट निर्दोष सावित भएको स्मरण गराउन चाहन्छु । सहकारी ठगी सम्बन्धि प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयबस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटो भन्दा छिटो छानविन गर्न माग गर्दछु । जुन मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, संचालक समितिका सदस्यहरु, को–कोलाई छानविन गर्नुपर्ने हो ? तुरुन्तै छानविन गरियोस् ।

यदि यस विषयमा म माथि कुनै आशंका छ भने तुरुन्तै म माथि पनि छानविन गरियोस् । कुनैपनि गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिन हुन्न भन्ने मान्यतामा म सधैँ अडिक छु सभामुख महोदय । जसले सुशासन कायम गर्नका लागि २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरु र नेपाल सरकारका कर्मचारीहरुको सम्पत्ति छानविन हुनुपर्छ भनेर यसै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । उसैमाथि यत्रो आरोप ? जसले यसै संसदमा गैरकानूनी कारोबार रोक्नका लागिथ ५ सय र हजारका आवाज उठाई रह्यो । उसैमाथि यत्रो षडयन्त्र ? त्यसैले यो पुन: षडयन्त्रकारी कदमको निष्पक्ष छानविनको माग गर्दछु । धनराज गुरुङ खुला किताव हो । जसले जताबाट अनुसन्धान थालेपनि हुन्छ । ’
उपसभापति गुरुङले आफूले श्रीमति ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेको पनि बताउनु भयो ।




भर्खरै