९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेको इन्स्योरेन्सको खुद बीमाशुल्क ४३ करोड २८ लाख संकलन



अ+ अ-

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन भएको छ । सोही अवधिमा गत आर्थिक वर्षमा कम्पनीले ३३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । त्यसैगरी कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको नाफा ७ करोड ५३ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षकै पहिलो त्रैमासमा कम्पनीको आम्दानी २० करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको आम्दानी १२ करोड ६० लाख रुपैयाँ रहेको थियो । यस्तै, चालु आर्थिक वर्षमा कम्पनीको खर्च ७ करोड ९४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही समयमा कम्पनीको खर्च ५ करोड ६ लाख रुपैयाँ रहेको थियो । 

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ हजार ४२ वाटा बीमालेख जारी गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६८ हजार ४ सय वटा मात्र बीमालेख जारी भएका थिए । हाल नेको इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ५८ करोड ४ लाख रुपैयाँ छ । बीमा कोषमा ८९ करोड ३९ लाख रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा कम्पनीको ८ करोड ५५ लाख रुपैयाँ रहेको छ 




भर्खरै