६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीले एक सय रुपियाँमै  ‘ए’ ग्रेडको जुनार घरघरमा पुर्‍याउने व्यवस्था



अ+ अ-

काठमाडौँ । तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठमाडौंमा घरघर पुर्याउने भएको छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो बिक्रीका लागि काठमाडौँ ल्याएको हो । 

हिलटपको केन्द्रीय कार्यालयमा रहेको सहकारी पसलबाट जुनार बिक्री गर्ने छ । सहकारीका अध्यक्ष बासुदेव घिमिरेका अनुसार अनलाइनमार्फत अर्डर लिएर जुनार घरघर पुर्याइने छ । घरमै जनार मगाउन न्यूनतम १० किलो जुनार अर्डर गर्नु पर्ने घिमिरेले बताए । न्युनतम १० किलो अर्डर गरे संस्थाले निःशुल्क ढुवानीको व्यवस्था मिलाउने छ ।

सहकारीले प्रतिकेजी एक सय रुपियाँमै जुनार घरघरमा पुर्याउने छ । सहकारीले पसलबाट सातामा सोमबार, बुधबार र शुक्रबार प्राङ्गारिक तरकारीसमेत उपलब्ध गराउने अध्यक्ष घिमिरेले जानकारी दिए ।