१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

हरिप्रसाद नाट्यसङ्गीत प्रतिष्ठानबाट राष्ट्रिय नाटक महोत्सव हुने

हरिप्रसाद नाट्यसङ्गीत प्रतिष्ठानबाट राष्ट्रिय नाटक महोत्सव हुने
अ अ+ अ-

काठमाडौँ । प्रसिद्ध नाट्यकर्मी हरिप्रसाद रिमाल र उहाँकी धर्मपत्नी कल्याणीका नाममा स्थापित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठान’ले यही भदौ र असोजमा तीन दिनसम्म ‘प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्ने भएको छ ।

खस्कँदो नेपाली मौलिक रङ्गमञ्चलाई पुनःजीवन दिने उद्देश्यले यही भदौ ३०, ३१ र असोज १ गते यहाँस्थित सांस्कृतिक संस्थान अर्थात् राष्ट्रिय नाचघरमा छ वटा नाटक प्रदर्शन गरिनेछ ।

प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका सदस्य सचिव सम्राट सापकोटाले प्रतियोगिताका लागि प्राप्त ३२ नाटकमध्ये छ वटा छनोट गरी प्रदर्शन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा उत्कृष्टमध्ये पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगद तथा ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।

नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई पनि जनही रु १५ हजार तथा छनोट भएका छ नाटक समूहलाई नाटक अभ्यासका लागि रु २०–२० हजार दिइनेछ । छनोट भएकामध्ये हरेक दिन दुईरदुई नाटक प्रदेश हुने छ जसको समयावधि एकरएक घन्टाको हुनेछ ।

नाट्यकर्मी, चलचित्रकर्मी तथा ‘रेडियो नेपाल’का प्रथम गायक रिमालको जन्मशताब्दीका अवसरमा आयोजना हुने सो महोत्सवमा दुई वर्षका कार्यक्रम एकै पटक हुने र केही व्यक्तित्वलाई ‘शताब्दी स्मृति सम्मान’ पनि गरिने प्रतिष्ठानका सहसदस्य सचिव घनश्याम गौतमले जानकारी दिनुभयो ।

रिमालका ज्येष्ठ सुपुत्र अरुणप्रसादले नेपाली मौलिक नाटकको अवस्था दयनीय भएकाले यसलाई झक्झक्याउनका लागि प्रतिष्ठानले सो महोत्सव आयोजना गर्न लागेको स्पष्ट गर्नुभयो ।

नाट्यकर्मी रिमालका नाटक नेपाली समाजको वास्तविकता, यथार्थ र स्वाभाविकतामा आधारित हुने गथ्र्यो । उहाँले ‘के घर के डेरा’ शीर्षक चलचित्रमा अभिनय पनि गर्नुभएको थियो । ‘विनुबादल असिना पर्दैन, माया लाग्छ बोलाउन सक्दिन’ बोलका गीतलगायतमा उहाँले स्वर दिनुभएको थियो ।