६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासस र मन्त्रालयबीच अनुदान निकासासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस)बीच आज अनुदान निकासासम्बन्धी सम्झौता भएको छ ।

मन्त्रालयकातर्फबाट उपसचिव रामकृष्ण अर्याल र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापत्रमा मन्त्रालय र राससबीच नेपाली भाषामा चौबिसै घण्टा समाचार सेवा सञ्चालन, मातृभाषामा समाचार सेवा प्रारम्भ, सञ्चार उपकरण खरिद र कार्यालय मर्मत सुधार गर्नेलगायत शीर्षकमा राससलाई अनुदान निकासा दिनेसम्बन्धी सम्झौता भएको हो ।

त्यस अवसरमा कार्यकारी अध्यक्ष झाले राससलाई आत्मनिर्भर बनाउन सरकारसँग विशेष पहल र सहजीकरणका लागि आग्रह गर्नुभयो । मन्त्रालयका उपसचिव अर्यालले निर्धारित समयमा कार्यक्रम सम्पन्न गर्न रासस सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । रासस