११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै



अ+ अ-

काठमाडाैँ । सामाजिक सद्भाव कायम गर्दै जिल्लाको पछिल्लो अवस्था सहज बनाउन धनुषामा आज दिउँसो २ बजे सर्वदलीय सर्वपक्षीय बैठक बस्ने भएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्यसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहनेछ। बैठकमा छलफलमार्फत जिल्लाको अवस्था सहज बनाउने विषयमा आवश्यक पहल गरिनेछ।

छलफल सकारात्मक र अनुकूल भए आजै सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सद्भाव र्‍याली निकाल्ने तयारीसमेत रहेको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनुभयो।

सुनसरीमा भएको घटनालाई लिएर धनुषाको अवस्था पनि असहज बनेपछि बिहीबार दिउँसो साढे ३ बजेदेखि जनकपुरधाम उपमहानगरपालिकासहित नराइन र लक्ष्मीनिया गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।