११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल



अ+ अ-

काठमाडौं । सामाजिक सद्भाव कायम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवाहरूसँग छलफल थालेका छन् ।

शुक्रबार पार्टीको संसदीय दलको कार्यालयमा सभापति लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेका हुन् ।

त्यसैगरी उनले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि संयुक्त रूपमा छलफल गरिरहेका छन् ।

छलफलका क्रममा सुनसरी, सिराहा लगायत देशका विभिन्न स्थानमा भइरहेको प्रदर्शन रोक्न तथा सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवामार्फत शान्ति र सद्भावको अपिल गर्न आग्रह गरिएको बताइएको छ ।