७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

प्याब्सनद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

प्याब्सनद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
अ+ अ-

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सुनसरीको देवानगञ्जबाट सुरु भएको विवादका कारण मधेस प्रदेशका विभिन्न क्षेत्रमा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न अपिल गरेको छ।

प्याब्सन केन्द्रीय कार्यसमितिले विज्ञप्ति जारी गर्दै घटनाका क्रममा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, पारस्परिक सम्मान, सामाजिक सद्भाव र सहअस्तित्व नै राष्ट्रिय शक्तिको आधार भएको प्याब्सनले जनाएको छ।

प्याब्सनले संवेदनशील परिस्थितिमा सबै नागरिकलाई शान्त, संयमित र जिम्मेवार रहन आग्रह गर्दै अपुष्ट सूचना, अफवाह तथा उत्तेजनात्मक अभिव्यक्तिबाट टाढा रहन अनुरोध गरेको छ। समस्याको समाधान आपसी संवाद, सहिष्णुता र समझदारीमार्फत खोज्न पनि उसले अपिल गरेको छ।

त्यस्तै, घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न प्याब्सनले नेपाल सरकार, राजनीतिक दल र नागरिक समाजसँग आग्रह गरेको छ। प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न पनि उसले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।

राष्ट्रको शान्ति, स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै प्याब्सनले आफ्ना मातहतका सम्पूर्ण समितिहरूलाई स्थानीयस्तरमा शान्ति र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेको छ।