३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसद पराजुलीको प्रश्न: धनराज गुरुङलाई सहकारी ठगीमा छानविन गर्ने कि नगर्ने ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने ?भनेर प्रश्न गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी वचत तथा ऋण सहकारी संस्थाको करिव १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली काँग्रेसका सांसद धनराज गुरुङ र उहाँको श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताउनु भयो ।

उहाँले सहकारीका अध्यक्ष अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबिसहित उजुरी समेत दिनुभएको भन्दै छानविन गर्ने कि नगर्ने भनि काँग्रेस सांसदहरुमाथि प्रश्न गर्नुभयो । उहाँले गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर पनि प्रश्न गर्नुभयो । त्यसैगरी एपिवान टेलिभिजनमा पनि जिबि राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै एपिवानमा लगानी गर्न सहकारीको पैसा लगिएको थियो कि थिएन सो पनि छानविन गर्ने नगर्ने भनेर उहाँले अर्को प्रश्न गर्नुभएको छ ।

उहाँले भन्नुभयो – ‘सहकारीको वचत अपचलन छानविनका लागि संसदीय समिति बनाउनुपर्छ भनेर यहीँ संसदमा चर्को नारावाजी गर्ने मध्येमा एक माननीयज्युविरुद्ध सहकारीमा ठगी अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी परेको आज मिडियाहरुमा छ्यापछ्याप्ती देख्न पाइएको छ । उजुरी नै अन्तिम सत्य त होइन । तर उजुरी नपर्दा, प्रमाण नहुँदापनि रास्वपाका सभापति रवि लामिछानेज्यूलाई सदनमा के–के सम्म गरियो ? संसारले प्रष्टसँग देखेको छ । तर मितेरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिव १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरुङ र ज्योति गुरुङको विरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनुभएको रहेछ ।

अब म माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन ? भनेर यस सम्मानित सदनमार्फत नेपाली काँग्रेसका माननीयज्यु हरुलाई सोध्न चाहन्छु । सहकारीको ठगि लुकाउन उहाँले सम्बन्ध विच्छेदसम्म गरेको कुुरापनि बाहिर आएको छ । सहकारी ठगीको छानविनका लागि माग गर्दै कांग्रेसका माननीयज्युहरुले यो संसदको वेल घेराउ गर्नुहुन्छ कि गर्नुहुन्न ? कि दोहोरो मापदण्ड अपनाउने हो?म सदनमार्फत जवाफको माग गर्दछु । साथै एपिवान टिभिमा जिबि राईले लगानी गरेका थिए भन्ने कुरा सञ्चार माध्यमबाट छ्यापछ्याप्ती सुन्न आइरहेको छ । त्यो लगानी सहकारीबाट लगिएको थियो कि थिएन भनेर छानविन गर्ने कि नगर्ने ?सरकार बनाउने भुमिका खेल्ने सो टिभिका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ कि राख्दैन? म गृहमन्त्रीज्युलाई प्रश्न गर्न चाहन्छु ।’

उहाँले सरकार बनाउन भुमिका खेल्ने एपिवान टिभिका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ रु भनि गृहमन्त्रीलाई प्रश्न गर्नुभयो ।




भर्खरै