३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्दा सचिवहरु आतंकित भए: सांसद तामाङ



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले सरकारले वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरु आतंकित भएका बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद तामाङले सरकारको मुख्य काम थिति बसाल्ने र कानुनको कार्यान्वयन गर्ने भएपनि त्यसो हुन नसकेको बताउनु भयो । उहाँले सरकारले बरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरु आतंकित हुनु परेको बताउनु भयो । उहाँले अन्य नियुक्तिहरुमा पनि वरियताक्रम मिच्ने काम भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरु भइराखेका बताउनु भयो । उहाँले मुलुकमा सबैतिर बेथिति र अराजकता बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सरकारले गर्नुपर्ने मुख्य कुराहरु के हुन् रु थिति बसाल्ने कुरा हो ।

कानूनको कार्यान्वयन गर्ने कुरा हो । तर मुख्य सचिव बनाउँदाखेरी बरियताक्रम मिच्ने काम गर्‍यो । जसको कारणले गर्दा अरु सचिवहरुले आतंकित हुनुपर्ने, राजीनामा दिनुपर्नेखालका कुराहरु आए । हिजो मात्रै खेलकुद परिषद् अन्तर्गत खेलकुद विभागमा वरियताक्रम मिचेर नियुक्ति गरेको कारणले वरिष्ठ खेलाडी, ओलम्पियन संगिता वैद्यले राजीनामा दिएको कुरा बाहिर आइरहेका छन् । मुलुकमा सबैतिर बेथिति नै बेथिति छ । अराजकता नै अराजकता छ । प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरु भइराखेका छन् । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले जनताको अधिकारलाई कुण्ठित गरेर ०४७ सालको संविधानतिर अग्रसर हुनेगरी संविधान संशोधन गर्न माओवादी केन्द्रले नदिने बताउनु भयो । उहाँले कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नेगरी संशोधन हुन्छ भने आफूहरु तयार रहेको बताउनु भयो ।




भर्खरै