२१ भाद्र २०८३, आईतवार
,
Latest
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् ।

पत्रकार महासंघको चुनावको मिति पटक–पटक सरेर अबको मितिमा पनि निर्वाचन नहुने सम्भावना भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि अन्य सदस्यहरुले भने विवाद हल भएपछि मात्रै नामावली सार्वजनिक गर्नुपर्ने बताएका थिए ।

नामावली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय भएको निर्वाचन मितिमा पनि भुनाव हुन नसक्ने स्थिति बनेको छ । यसैका कारण अध्यक्ष पोखरेलले राजीनामा दिएको बुझिएको छ ।

पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिसकेको छ ।