२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पीडित जनतालाई यथाशिघ्र राहत दिनुपर्छ: काँग्रेस नेता खड्का



अ+ अ-
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा। नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले जनता बिद्रोहको चरणमा पुगिसकेको उल्लेख गर्दै उनीहरुलाई वर्षातका कारण भएको क्षतिको तत्काल राहत दिने व्यवस्था नगर्ने हो भने त्यसले मुलुकमा भयावह अवस्था ल्याउने दावी समेत गर्नुभयो । नेता खडकाले जनताको संवेदनशीलताप्रति सरकार उदासिन भयो भने त्यसले जनविद्रोहलाई जन्माउने भएकाले त्यसतर्फ समेत भएर अघि बढ्नुपर्ने पनि बताउनु भयो । उहाँले उदयपुर जिल्लामा त्रियुगा नदीले बस्तीको नागरिकलाई विस्थापित गराएकाले उनीहरुलाई सुरक्षित बस्तीमा स्थानान्तरण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो,‘म यस अवसरमा त्रियुगा नदीले त्यहाँको जनतालाई बिचल्ली बनाएको छ । यस अवसरमा म प्रधानमन्त्रीजी, सम्बन्धित मन्त्रीहरु गृहमन्त्रीजी र त्यस अन्तर्गतको निकायहरु हार्दिक अनुरोध गर्न चाहन्छु कि जनताको आवश्यक्ताप्रति अत्यन्तै चिन्तित र संवेदनशील भएर यथाशिघ्र के गर्न सकिन्छ रु त्यो काम गर्नका निमित्त म सम्माननीय सभामुखमार्फत हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु । जनताको संवेदनशीलताप्रति सरकार उदासिन भयो भने अहिले हामीले देखिराखेका छौ–जनतामा भएको व्यापक निराशा जो विद्रोहको चरणमा पुगिसकेको जनतालाई यस प्रकारले हामीले राहत दिने व्यवस्था गर्न सकेनौँ भने त्यो राष्ट्रका लागि हितकर हुनेछैन । ’
नेता खड्काले जनताप्रति सरकारले उदासिनता देखाउन नहुने पनि स्पष्ट पार्नुभयो ।