१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनको स्टाटस फिर्ता आयो



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको फेसबुकबाट हटेको पोस्ट फिर्ता आएको छ ।

‘हामीले रिभ्यु रिक्वेस्ट गरेपछी फेसबुकले माफी मागेर पोस्ट फिर्ता गरेको छ ।’ बालेनले भनेका छन् ।

मेयर बालेनले चार दिनअघि नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माले घरेलु बालश्रमिक राखेर शोषण गरेको भन्दै उनको फोटोसहितको स्ट्याटस राखेका थिए ।

दुई दिनपछि उक्त पोस्ट फेसबुकबाट हटेको थियो । नेकपा (एमाले)का नेता–कार्यकर्ताले उक्त पोस्ट मेयर बालेनले आफै हटाएको बताएका थिए ।

अर्कोतर्फ, मेयर बालेनले भने स्ट्याटसमा एमाले कार्यकर्ताले रिपोर्ट गरेर उडाएको बताउँदै आएको थिए ।