१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर

शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर
अ अ+ अ-

काठमाडौं । डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगा जिल्लाका दुवै प्रदेशमा संयोजकको जिम्मेवारी तोकेको छ । १५ औँ महाधिवेशन आयोजक समितिका केन्द्रीय प्रतिनिधि गोमा केसीले मंगलबार सो जिम्मेवारी तोक्नुभएको हो ।

जस अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र (क) को संयोजकको जिम्मेवारी विश्वराज राईलाई दिइएको छ । राई पुराना कांग्रेस नेता एवम् प्रजातन्त्र सेनानी भैरब राईका छोरा हुन् । पंचायत कालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भैरब राईको परिावार पनि पार्टीका विभिन्न अवसरबाट बञ्चित हुँदै आएको परिवार हो । त्यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र (ख) को जिम्मेवारी देवेन्द्रराज पौडेललाई दिइएको छ । पौडेल २०४६ अगाडिदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध थिए । पौडेलले हालसम्ममा पार्टी राजनीतिमा निरन्तर क्रियाशील भएर पनि कुनै अवसर नपाएका ओखलढुंगाको पश्चिमी भूगोलमा इमान्दार नेता हुन् ।

यसअघि ओखलढुगा जिल्ला संयोजकको जिम्मेपारी पूराना नेता राजभण्डारीलाई तोकिएको थियो । राजभण्डारी पनि नेपाली कांग्रेसको संगठन निर्माणमा ठूलो योगदान पुर्‍याएपनि अहिलेसम्म कुनै अवसर नपाएका नेतामा पर्दछन् । विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन अन्तरगत वडा अधिवेशन सुरु गर्दा डा. कोइराला पक्षले पनि समान्तर महाधिवेशनको तयारी तिव्र पारेको हो । सोही क्रम अन्तरगत जिल्ला तथा प्रदेशमा अधिवेशन सम्पन्न गर्नेगरी नेताहरूलाई जिम्मा दिइएको छ । यो पक्षले मङ्सिर २१,२२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने गरी यही असोज १५ गते वडा अधिवेशनको तयारी गरेको छ ।