१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलले पलेशालाई १० लाख नगदसहित सम्मान गर्ने



अ+ अ-

काठमाडौं । एनसेलले पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

पारालिम्पिक्समा सहभागी पारा खेलाडी एवम् प्रशिक्षकहरूलाई समेत कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिएको हो ।

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको सहकार्य अनुसार सम्मान दिने घोषणा गरेको बताइएको छ ।

एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आइरहेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेसाले नेपाललाई दिलाएको पदक उनको मात्रै सफलता नभएर राष्ट्रको नै गौरव भएको बताए ।

पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा कास्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो ।