२८ मंसिर २०८२, आईतवार
,
Latest
गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलिक तीज गीतलाई स्रोता–दर्शकको साथ



अ+ अ-

गण्डकी: लोकप्रिय गायिका विष्णु माझीको मौलिक तीज गीत ‘आइन आमा यो तीजमा…’ यसवर्ष युट्युबमा सबैभन्दा बढी हेरिएको/सुनिएको तीज गीतमा पर्न सफल भएको छ । युट्युबमा सार्वजनिक भएको नौ दिनमा उक्त गीतको म्यूजिक भिडियोलाई एक करोडभन्दा बढी पटक हेरिएको छ ।

‘सपना म्यूजिक इन्ड्रष्टिज’ युट्युब च्यानलबाट यही भदौ ८ गते गीत सार्वजनिक गरिएको थियो । तीज पर्वको छेकोमा सार्वजनिक भएको उक्त गीतमाथि झण्डै २५ हजारले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज गीतका नाममा विकृतियुक्त गीत मौलाइरहेका बेला गायिका माझीको उक्त मौलिक शैलीको तीज गीतले चर्चा पाएको हो । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीतलाई धेरैले रुचाएका हुन् ।

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भएको थियो । यस वर्ष दर्जन बढी त्यस प्रकृतिका गीत विवादमा मुछिएका छन् । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपर्ने स्थिति सिर्जना भयो । ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसङ्गीत प्रेमीले विरोधसमेत जनाए । केही रेडियोकर्मीले आफ्ना कार्यक्रममा त्यस्ता गीत नबजाउने घोषणासमेत गरे ।

बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीत सङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जक/कलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ । पहिलेका तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदिलाई मुखरित गर्ने गरेकामा अहिलेका तीज गीत भड्किला बन्दै गएकामा लोकसङ्गीत प्रेमीहरु चिन्तित छन् ।

गायिका माझीद्वारा स्वरबद्ध उक्त तीज गीतमा सुन्दरमणि अधिकारीले शब्द र सङ्गीत दिनुभएको छ। गीतको म्यूजिक भिडियोमा कलाकार ललिता पौडेललगायतको अभिनय र नृत्य रहेको छ । तीजमा माइत जान नपाएकी चेलीको मनोभावनालाई गीतले उठान गरेको छ । गायिका माझीले तीन वर्षअघि ल्याएको तीज गीत ‘चरी जेलैमा…’ पनि त्यो बेला चर्चित बनेको थियो । उक्त गीतलाई हालसम्म युट्युबमा पाँच करोड बढी पटक सुनिएको÷हेरिएको छ ।रासस