३१ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्पलाई लाग्यो अर्को धक्का, पेन्सिल्भेनिया अदालतद्वारा खारेज



अ+ अ-

वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ । 

निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको हो ।

उक्त निवेदन खारेज भएसँगै राष्ट्रपति ट्रम्पको निर्वाचनमा धाँधली भयो भन्ने तर्कमा अर्को धक्का लागेको छ । 

रिपब्लीकन पार्टीका तर्फबाट दिइएको निवेदनमा हुलाकबाट गरिएको मतदानलाई खारेज गर्न माग गरिएको थियो । पेन्सिल्भेनिया राज्यमा राष्ट्रपति–निर्वाचित जो बाइडेनले ८१ हजार मतको अग्रता सहित चुनाव जित्नु भएको थियो । तर अदालतका न्यायाधीशहरुले सर्वसम्मतिले राष्ट्रपति ट्रम्प र रिपब्लीकन पार्टीले दिएका निवेदन खारेज गरेका थिए । पेन्सिल्भेनिया राज्यमा करिब ६९ लाख मतदाताले मतदान गरेका थिए । निवेदनमा पेन्सिल्भेनिया राज्यको सन् २०१९ को कानुनले हुलाकबाट भएको मतदानलाई गैरसंवैधानिक मानेको उल्लेख गरिएको छ । 

पेन्सिल्भेनिया राज्यले गत नोभेम्बर २४ मै औपचारिक रुपमा बाइडेन विजयी हुनु भएको जनाउँदै मतपरिणामलाई प्रमाणित गरिसकेको छ । 

राष्ट्रपति ट्रम्पले गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै चुनावी परिणामलाई स्वीकार्न मानिरहनु भएको छैन । उहाँले चुनावमा धाँधली भएकै हो भन्दै दिनहुँ ट्वीट गर्नुका साथै पेन्सिल्भेनियामा बाइडेन विजयी भएको मान्न सकिने अवस्था नरहेको जनाउँदै अनौठा ट्वीट गर्नु भएको छ । 

तर गत बिहीबार पहिलो पटक राष्ट्रपति ट्रम्पले आगामी डिसेम्बर १४ मा इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले बाइडेनलाई निर्वाचित गराए आफू ह्वाइट हाउस छाड्न तयार हुने बताउनु भएको छ ।
 
आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ लिनु हुने बाइडेनले ३०६ र राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।




भर्खरै