• ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
  •   Unicode
Logo

चेल्सीले क्रीस्टल प्यालेससँग अङ्क बाँड्यो



काठमाडौं । ईंग्लिश प्रीमियर लिगमा चेल्सीले बराबरी खेलेको छ ।

केहिबेर अघि भएको खेलमा चेल्सीले क्रीस्टल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले २५ औं मिनेटमा निकोलस ज्याक्सनको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

तर, ५३ औं मिनेटमा एबेरेची इजेले गोल गर्दै क्रीस्टल प्यालेसलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलि अङ्क बाँड्न बाध्य भए ।

चेल्सीको ३ खेलबाट ४ अङ्क छ भने प्यालेसले १ अङ्क मात्रै जोडेको छ ।