६ श्रावण २०८३, बुधबार
,
Latest
इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा महिला लिग आजदेखि



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन गइरहेको एन्फा महिला लिग फुटबल प्रतियोगिता आज आइतबारदेखि सुरु हुँदैछ ।

उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

महिला लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लबले सहभागिता जनाउँदैछन् ।

महिला लिगको पहिलो चरणमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । पहिलो चरणपछि शीर्ष पाँच टोली अर्को चरणमा प्रवेश गर्नेछन् । जहाँ पाँच टोलीबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग खेल्नेछन् ।

सुपर लिगमा २० खेल हुनेछ । त्यसपछि शीर्ष चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाईनल हुनेछ ।

महिला लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले १–१ लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

लिगको अनुमानित बजेट २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ रहेको एन्फाले जनाएको छ ।