२ आश्विन २०८१, बुधबार
,
Latest
इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ? यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री… कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

हालाण्डको ‘ब्याक टु ब्याक’ ह्याट्रिकमा सिटीको सानदार जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा सिटीले वेस्टहाम युनाइटेडलाई उसकै घरेलु मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

सिटीको जितमा एर्लिङ हालाण्डले ह्याट्रिक गरे । एक गोल पनि सिटीले आत्मघाती गरेको थियो । १९ औं मिनेटमा सिटीका रुवेन डियाजले आत्मघाती गोल गरेका हुन् ।

हालाण्डले १०, ३० र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको यो लगातार दोस्रो ह्याट्रिक हो । यसअघि इप्सविच टाउनसँगको खेलमा पनि उनले ह्याट्रिक गरेका थिए ।

जितसँगै सिटीले ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । वेस्टहाम भने ३ अंकका साथ १४ औं स्थानमा छ ।