• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा ★   निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु ★   नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ? ★   यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने ★   पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान ★   संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री… ★   कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत ★   चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण ★   आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरी खेलेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले ब्राइटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इमिरेट्समा ३८ औं मिनेटमा काई हाभेट्रजले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ५८ औं मिनेटमा जोआओ पेड्रोको गोलबाट ब्राइटनले खेल १–१ गोलको बराबरीमा ल्यायो । त्यसपछि खेलमा दुबैतर्फबाट गोल गर्ने प्रयास भएपनि गोल भने निस्किएन ।

४९ औं मिनेटमा डेक्लान राइसले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

३ खेलबाट ७ अंकसहित आर्सनल तालिकाको दोस्रो स्थानमा रहँदा ब्राइटन समान खेलबाट समान अंकसहित शीर्षस्थानमा छ ।