२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार नेप्सेमा ३ कम्पनीको शेयर मूल्य समायोजन, कुन कुन कम्पनी छन् ?



अ+ अ-

काठमाडौँ । कुमारी बैंक सहित नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कुमारी बैंकले शेयरधनीहरुलाई प्रदान गर्ने १०.८५ प्रतिशत बोनस शेयर पछि प्रतिशेयर मूल्य २७३ रुपयाँ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि बैंकको प्रतिशेयर मूल्य ३०३ रुपियाँ रहेको थियो भने  मूल्य समायोजन पछि सोमबार (आज) को शेयर कारोबार २७३ रुपियाँबाट शुरु हुने जनाएको छ । 

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य पनि आजै समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई दिन ५ प्रतिशत बोनस पछि प्रतिशेयर मूल्य १६८ रुपियाँ कायम गरिएको छ । यसअघि कम्पनीको प्रतिशेयर मूल्य १७६ रुपियाँ रहेको नेप्सेले जनाएको छ ।  त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य पनि समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई प्रदान गर्ने २५ प्रतिशत बोनस पछि प्रतिशेयर मूल्य ६ हजार कायम गरिएको छ । यसअघि प्रतिशेयर मूल्य ७ हजार ५०० रुपियाँ रहेको थियो ।