३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार नेप्सेमा ३ कम्पनीको शेयर मूल्य समायोजन, कुन कुन कम्पनी छन् ?



अ+ अ-

काठमाडौँ । कुमारी बैंक सहित नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कुमारी बैंकले शेयरधनीहरुलाई प्रदान गर्ने १०.८५ प्रतिशत बोनस शेयर पछि प्रतिशेयर मूल्य २७३ रुपयाँ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि बैंकको प्रतिशेयर मूल्य ३०३ रुपियाँ रहेको थियो भने  मूल्य समायोजन पछि सोमबार (आज) को शेयर कारोबार २७३ रुपियाँबाट शुरु हुने जनाएको छ । 

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य पनि आजै समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई दिन ५ प्रतिशत बोनस पछि प्रतिशेयर मूल्य १६८ रुपियाँ कायम गरिएको छ । यसअघि कम्पनीको प्रतिशेयर मूल्य १७६ रुपियाँ रहेको नेप्सेले जनाएको छ ।  त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य पनि समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई प्रदान गर्ने २५ प्रतिशत बोनस पछि प्रतिशेयर मूल्य ६ हजार कायम गरिएको छ । यसअघि प्रतिशेयर मूल्य ७ हजार ५०० रुपियाँ रहेको थियो ।