• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

कुस्ती प्रशिक्षणरत खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुबीच छलफल तथा दर खाने कार्यक्रम सम्पन्न



काठमाडौँ । नेपाल कुस्ती सङ्घले नियमित प्रशिक्षणरत खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुसँग छलफल गरेको छ ।

यसैबीच, राष्ट्रिय कुस्ती प्रशिक्षण केन्द्रमा स्वास्थ्यकर्मी  तथा कुस्ती सङ्घको मेडिकल उप समितिका सदस्य हेमराज बुढाथोकीबाट खेलाडी, प्रशिक्षक साथै खेलकर्मीहरुको स्वास्थ्यसँग सम्बन्धित विषयमा पनि छलफल गरिएको हो ।

साथै, सो अवसरमा कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता र वैदेशिक सहभागिता सन्दर्भमा छलफलसहित तिजको अवसरमा दर तथा शुभकामना आदनप्रदान कार्यक्रम पनि सम्पन्न भएको छ ।