३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा कोरोना संक्रमणबाट एक लाख ७३ हजारको मृत्यु



अ+ अ-

ब्रासिलिया । दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ हजार १३८ जना संक्रमित भएका र २८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६३ लाख ३५ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । 

कोरोनाभाइरसबाट विश्वमै ब्राजिल दोस्रो सर्वाधिक असर परेको मुलुक हो । मृत्यु संख्याका दृष्टिबाट संयुक्तराज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठनले सोमबारसम्ममा विश्वभर १४ लाख ७४ हजारको मृत्यु भइसकेको जनाएको छ । कोरोना संक्रमितको संख्या विश्वभर ६ करोड ३६ लाख पुगिसकेको छ भने ४ करोड ३९ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

प्राप्त समाचार अनुसार अझै पनि विश्वभर एक लाखको हाराहारीका व्यक्ति गम्भीर स्वास्थ्य समस्यामा छन् । संयुक्तराज्य अमेरिकामा गएको २४ घण्टामा मात्र एक हजार २३८ जनाको मृत्यु भएको थियो । यो सहित अमेरिकामा मृत्यु हुनेको कूल संख्या २ लाख ७४ हजार नाघेको छ ।