३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा एक हप्ताभित्रै कोभिड–१९ बाट १० हजारको मृत्यु



अ+ अ-

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा अमेरिकाका विभिन्न राज्य एवं शहरमा कोरोनाभाइरस संक्रमण तिब्र रुपमा फैलिएको छ । 

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४१ लाख पुगिसकेको छ जसमध्ये ८३ लाख ३३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विश्वभर कोरोना संक्रमणबाट १४ लाख ८६ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

विश्वविद्यालयका अनुसार विश्वभर ६ करोड ४१ लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने ४ करोड ४४ लाख ४२ हजार संक्रमणमुक्त भएका छन् । अझै पनि विश्वभर १ लाख ६ हजार व्यक्ति गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् ।