• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन एसपीविरुद्ध मुद्दा दायर



काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै सशस्त्र प्रहरी बलका एक एसपीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले एसपी वीरसिंह साहुविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी ​गरेको छ ।

साहुले डेढ महिनाअघि मात्र आफ्नो पदबाट राजीनामा दिएका थिए।