८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 1.03

Humidity: 68

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा फेरि एक युवतीको शंकास्पद मृत्यु



अ+ अ-

काठमाडाैंः झापाको मेचीनगर नगरपालिका-१४ की २७ वर्षीया तुलसा माया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियाको सिड्नीमा शंकास्पद अवस्थामा मृत्यु भएको छ।

दीक्षाको पारिवारिक स्रोतका एक वर्षअघि रवि प्रसाईसँग विवाह गरेकी दीक्षा चार महिना अघि मात्र अष्ट्रेलियाको सिड्नी पुगेकी थिइन् ।

दीक्षाकी आमा अम्बिका शिवाकोटीले सिड्नीको रडेलस्थित एभरेस्ट बुचरीमा पार्टटाइम काम गर्दै आएकी दीक्षा भदौ २३ गते विहान कार्यस्थलबाटै वेपत्ता भएको जानकारी प्राप्त भएको बताइन् ।

प्रहरीले साँझपख करिब २५ किलोमिटर टाढा फिलिप्स पार्कभित्र शंकास्पद अवस्थामा दीक्षाको शव फेला पारेको थियो ।

उक्त घटनापछि दीक्षाको मृत्युको विषयमा सत्यतथ्य र खोजी गरिदिन मृतकको माइती पक्षले अस्ट्रेलियाको प्रहरी र गैर आवासीय नेपाली संघ समक्ष हारगुहार गरेको छ ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली र अन्तर्राष्ट्रिय झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीसंग माइती पक्ष निरन्तर सम्पर्कमा पनि रहेको छ ।

काठमाडौं अनामनगरका रवि प्रसाईसंग गत वर्ष २०८० असार २९ गते दीक्षाको विवाह भएको थियो । यद्यपी दीक्षा र रवि प्रसाई दुवैको यो दोश्रो विवाह थियो ।

अस्ट्रेलियामै रहेकी पहिलो पत्नीसंग सम्बन्ध विच्छेद भएपछि रविले दीक्षासंग दोश्रो विवाह गरेका थिए । दीक्षाले समेत पहिलो पतिसंग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

अस्ट्रेलियन प्रहरीले घटना अनुसन्धानकै क्रममा रहेको जनाउँदै दीक्षाको शव परिवारलाई बुझाइ सकेको छैन । रविले दीक्षा वेपत्ता भएपछि खोजीका लागि रडेल र सिड्नीको प्रहरीसमक्ष निवेदन दिएका थिए ।