३१ श्रावण २०८३, आईतवार
,
Latest
व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्ष बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि



अ+ अ-

काठमाडौँ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको अन्त्येष्टि गरिएको छ ।

भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उपाध्यक्ष बुढालाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका हुन् । उनीसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्त, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्तीलगायत ठुलो सङ्ख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरूले श्रद्धाञ्जली दिएका थिए ।

भुङखानीमा भएको सवारी दुर्घटनामा परी बुढासँगै आमा ६१ बर्सिया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जसबहादुर सिर्पालीको पनि निधन भएको थियो ।