९ पुष २०८२, बुधबार
,
Latest
अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्ष बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि



अ+ अ-

काठमाडौँ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको अन्त्येष्टि गरिएको छ ।

भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उपाध्यक्ष बुढालाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका हुन् । उनीसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्त, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्तीलगायत ठुलो सङ्ख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरूले श्रद्धाञ्जली दिएका थिए ।

भुङखानीमा भएको सवारी दुर्घटनामा परी बुढासँगै आमा ६१ बर्सिया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जसबहादुर सिर्पालीको पनि निधन भएको थियो ।