४ भाद्र २०८३, बिहीबार
,
Latest
क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको सबैभन्दा पुरानो रविवारीय समाचार पत्र द अब्जर्भर बिक्रीमा



अ+ अ-

विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार द अब्जर्भर एक अनलाइन स्टार्टअप मिडिया समूहलाई बिक्री गर्न सकिने यसको ३० वर्षभन्दा बढीको मालिकले मङ्गलबार घोषणा गरेको छ ।

द गार्जियन मिडिया ग्रुप (जिएमजी) ले सन् २०१९ मा लन्च गरिएको टोर्टोइज मिडियालाई अज्ञात राशिमा साप्ताहिक प्रकाशन द अब्जर्भर बिक्री गर्न कुरकानी गरिरहेको विज्ञप्तिमा बताएको छ ।

मङ्गलबार विज्ञप्तिमा भनिएको छ, “द गार्जियनको मूल कम्पनीले विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार द अब्जर्भरको सम्भावित बिक्रीबारे टोर्टोइज मिडियासँग औपचारिक वार्तामा रहेको घोषणा गरेको छ ।”

जिएमजीले उक्त प्रस्ताव ‘थप विवरणमा हेर्नका लागि अत्यन्त महत्त्वपूर्ण थियो’ भनेको छ ।

जिएमजीका प्रमुख कार्यकारी अन्ना बेटसनले भन्नुभयो, “बिक्रीले महत्त्वपूर्ण लगानीका साथ द अब्जर्भरको भविष्यको स्थिति निर्माण गर्न अवसर दिनेछ र द गार्जियनलाई थप विश्वव्यापी, अधिक डिजिटल र थप पाठक–अनुदान प्राप्त गर्न आफ्नो विकास रणनीतिमा ध्यान केन्द्रित गर्न अनुमति दिनेछ ।”

सन् १७९१ मा स्थापना भएको द अब्जर्भरलाई सन् १९९३ मा जिएमजीले खरिद गरेको थियो ।

मूल समूहले मङ्गलबार भनेको छ, “त्यसबेला देखि यो गार्जियनको सहअस्तित्वमा छ, जुन वार्ताको नतिजा पर्वाह नगरी हप्ताको सात दिन डिजिटल अपरेसन रहनेछ ।”रासस