१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै

सत्तारुढ दलले सफा नियतका साथ संविधान संशोधनको कुरा ल्याएका होइनन् : अग्नि सापकोटा (अन्तरवार्ता)

सत्तारुढ दलले सफा नियतका साथ संविधान संशोधनको कुरा ल्याएका होइनन् : अग्नि सापकोटा (अन्तरवार्ता)
अ अ+ अ-

काठमाडौँ । सरकारले हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउँछ । यस वर्ष पनि असोज ३ गते विभिन्न कार्यक्रमहरु आयोजना गरी राष्ट्रिय दिवसका रुपमा संविधान दिवस मनाइँदैछ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन यो दिवस भव्यताका साथ मनाउने गरिन्छ । संघ, प्रदेश सरकारले मुल समारोह समिति गठन गरेरै संविधान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरिरहेका छन् । साथै यो बेला नेपाली काँग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहनुभएको छ ।

काँग्रेस—एमाले सरकार बनेसँगै संविधान संशोधनको विषय प्राथमिकतामा राखिएको थियो । संविधान संशोधनको बेला भएकाले संविधानमा रहेका कमी, कमजोरीहरु संशोधन गर्ने बेला आएको काँग्रेस—एमाले नेताहरुले बताउँदै आएका छन् । यो विषयले सत्ता पक्ष र प्रतिपक्षमाबीच संसदमा सवालजवाफ भइरहेको छ । संविधान दिवसको अवसर पारेर न्युज एजेन्सी नेपालले राजनीतिक दलका नेताहरुहरुसँग संविधान संशोधन लगायतका विषयमा कुराकानी गरेको छ । यो श्रृंखला संविधान दिवसका दिनसम्म प्रश्तुत गर्नेछौँ । प्रश्तुत छः संविधान दिवसको अवसरमा  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटासँगको कुराकानीको सम्पादित अंश ।

प्रश्नः संविधान कार्यान्वयनको हालसम्मको अवस्था कस्तो पाउनुभएको छ ?

जवाफः हाम्रो संविधान तत्कालिन शक्ति सन्तुलनको सहमतीको दस्तावेज हो । तरपनि हामीले हाम्रो संविधानमा लोकतान्त्रिक मूल्य, मान्यताका सबै आयामहरुलाई पनि समेटेका छौँ । त्यसका साथसाथै नयाँ मूल्य, मान्यता पनि त्यसमा समेटिएको छ । जस्तोः हाम्रो संविधानले दार्शनिक रुपमा पनि दिशा निर्देश गरेको छ । संविधानको महत्वपूर्ण पक्ष भनेको प्रश्तावनामा लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद भनेका छौँ । प्रारम्भमा समाजवादउन्मुख राज्य व्यवस्था भनेका छौँ । त्यो हाम्रो संविधानको मौलिक विशेषता सहितको प्रगतिशील आयामहरु त्यसमा छन् । हुनतः त्यो भन्दापनि अग्रगामी, प्रगतिशील संविधान चाहेका थिए नेपाली जनताले । तर त्यतिबेलाको शक्ति सन्तुलनको आधारमा प्रगतिशील नै छ । त्यतिबेलाको शक्ति सन्तुलन अनुसार अग्रगामी नै छ । जहाँसम्म संविधानको कुरा छ, सफल कार्यान्वयनका लागि पार्टीहरुले जति गम्भिरतापूर्वक यसलाई लिनुपथ्र्यो, त्यति लिएका छैनन् । त्यसकारण संविधानको दोष भन्दापनि पार्टीको लोकतान्त्रिक सोचमा कमी रहेको कारणले प्रभावकारी कार्यान्वयन भएको छैन ।

प्रश्नः सन्तुष्टि हुने ठाउँ छैन उसोभए, कि छ ?

जवाफ: यसको प्रभावकारी कार्यान्वयन पनि भएको छैन । यसको राम्रोसँग अभ्यास पनि भएको छैन । त्यसकारण यसलाई असफल भन्ने त कुरै होइन । यही संविधानले काम गरी नै रहेको छ । संविधानअनुसार निर्वाचनहरु भइरहेको छ, शान्तिपूर्ण रुपमा । एउटा शब्दमा यसको कार्यान्वयन सफल भयो । असफल भयो भन्दापनि यसले संविधानले आफ्नो काम गरी नै रहेको छ । तर त्यसको कार्यान्वयनका लागि जुन राष्ट्रिय सहमती हुनुपर्ने, राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने, संविधानका मूल्य, मान्यताप्रति इमान्दारि हुनुपर्ने पार्टीहरुमा कमी देखिएको छ । राम्रोसँग अभ्यास गरे हाम्रो संविधान राम्रो छ ।

प्रश्नः शासकिय प्रणाली बारे प्रश्न उठेका छन्, दुई सदनात्मक सदनको संरचनामाथि प्रश्न उठेका छन्, यसबिचमा कस्तो रुपमा कार्यान्वयन भए त यिनको, त्यसको समिक्षा गर्नुपर्दा ?

जवाफ: हामीले त्यतिबेला पनि(संविधान निर्माणका क्रममा)केही नोट अफ डिसेन्ट राखेका थियौँ । हाम्रा नोट अफ डिसेन्टहरु के थिए भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणाली हुनुपर्छ भनेका थियौँ । अहिलेसम्मको अनुभवले पनि के देखिएको छ त भन्दाखेरी यदि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा गएको भए, यसखालको अस्थिरता, यसखालको अन्योलता देखापर्ने थिएन । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली नै फेरि आवश्यक छ भन्ने छ र हामीले अहिले फेरि त्यसकै माग गरिरहेका छौँ ।

प्रश्नः राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठेको छ, कसरी लिनुहुन्छ ?

जवाफः ठिक हो । राष्ट्रिय सभा त्यति प्रभावकारी भइरहेको छैन । राष्ट्रिय सभाले जुन स्तरबाट, संविधानले परिकल्पना गरेको थियो त्यो परिकल्पना अनुसार त्यसको प्रभावकारी ढंगले सञ्चालन भएको छैन । त्यसअर्थमा यसलाई प्रभावकारी बनाउनुपर्छ भन्ने कुरामा कुनै दुई मत छैन । फेरि राष्ट्रिय सभा कति आवश्यक ? कति उचित ? कति अनुचित यो बारेमा त एउटा बहसको खाँचो छ ।

प्रश्नः संविधानको पुनरावलोकन गर्ने समय भयो कि भएन ?

जवाफ: मैले फेरि जोड दिएर भन्छु यसको राम्रो अभ्यास नै भएको छैन । राम्रोसँग अभ्यास नभइ सकेपछि यसको महत्वपूर्ण पक्षहरु लागू भएका पनि छैनन् । संविधान भनेको संशोधनीय दस्तावेज हो । यो संशोधन हुन नसक्ने भन्ने होइन । तर मलाई के लाग्छ भने यो संविधानको संशोधन, परिमार्जन, पुनरावलोकन भन्नुभन्दा संविधानमा विकास गर्नुपर्छ । त्यसलाई अझ अग्रगामी, अझ प्रगतिशिल, अझ जनताको हक, अधिकारको दायरालाई फराकिलो बनाउनुपर्छ । त्यसअर्थमा संविधानको विकास गर्न सकिन्छ । तर अहिले जुन संविधानको संशोधनको कुरा सरकारले उठाइरहेको छ नि, त्यसमा हामी सफा नियत देख्दैनौँ । उहाँहरुले नै भनिराख्नुभएको छ कि राष्ट्रिय सभालाई समावेशी बनाउने । त्यसो भएपछि, प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित मात्रै बनाउने आदि कुराहरु बाहिर आइराखेका छन् नि ।

संवैधानिक व्यवस्थाले गर्दा अस्थिरता भयो भनेर भनेको छ नि, यो चाहीँ उहाँहरुको सोच नै बेठिक छ । उहाँहरु संविधान संशोधनको कुरा अग्रगामी सोचबाट उठाइराख्नुभएको छैन । प्रगतिशिल कोणबाट उठाइराख्नुभएको छैन । पछाडी फर्किने छ । जनताका अधिकारहरुलाई बढाउने हिसावले उहाँहरुले कुरा ल्याउनुभएको छैन । जस्तोः राष्ट्रिय सभालाई समानुपातिक बनाउने, समावेशी बनाउने । प्रतिनिधि सभा प्रत्यक्ष भनेको छ । राष्ट्रिय सभा त विशुद्ध एउटा प्राज्ञिक थलो जस्तो हो । त्यहाँ नीति, निर्माणका लागि प्रतिनिधि सभा नै निर्णायक हुन्छ । प्रतिनिधि सभाबाट समावेशितालाई हटाइदिइसकेपछि त त्यसको कुनै अर्थ हुँदैन । त्यसकारण जनताका अधिकारहरु कटौती गर्ने अन्तर्निहित उद्देश्यले जस्तोः दलित, महिला, आदिबासी, जनजाति यि सबै समानुपातिकबाट प्रतिनिधि सभामा आउने कुरालाई त ढोका बन्द गर्नेकुरा भयो नि । त्यसकारण सर्वथा यो बेठिक छ । पश्चगामी छ । पछाडितिर फर्किने खालको छ । त्यसमा हाम्रो सहमती हुँदैन ।

प्रश्न: अस्थिरताको कारण निर्वाचन प्रणाली भयो, यसलाई फेर्नैपर्छ भन्ने छ नि ?

जवाफ: निर्वाचन प्रणाली अस्थिरताको कारण होइन । उहाँहरु अस्थिरता यसलाई ठान्नुहुन्छ भने हाम्रो प्रश्ताव के छ भने पूर्ण समानुपातिक प्रणालीमा जाऔँ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएपछि खर्चको विकृति, बिसंगति कम हुन्छ । म प्रष्टसँग भन्न चाहन्छु निर्वाचन प्रणाली अस्थिरताको कारण होइन । उहाँहरु यसमा बढी खर्चिलो भयो । विकृति र विसंगतिहरु भयो भन्ने मान्नुहुन्छ भने हामी तयार छौँ पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ । अझ राज्यले सबै पार्टीहरुको निर्वाचन खर्च बेहोरोस् । मन्त्रिपरिषद् गठन हुँदा विज्ञ, विशेषज्ञबाट बनोस् । त्यो अर्थमा हामी संविधान संशोधन गर्न तयार छौँ ।

प्रश्न: थ्रेसहोल्ड बढाउने कुरा पनि चर्चामा छ ?

जवाफः त्यो त सरासर वद्नियतपूर्ण छ । किनकी दुई दलियतातिर देशलाई लैजाने अन्तर्निहित उद्देश्यका साथ यो भइरहेको छ र अहिले भएको समानुपाति समावेशि प्रतिनिधित्व कटाएपछि त्यसले राष्ट्रिय एकतामा नै आँच ल्याउँछ । त्यसकारण थ्रेसहोल्ड राख्ने कुरा साना पार्टीलाई टार्गेट गरेर ल्याइराखिएको छ । साना पार्टीहरुको प्रतिनिधित्व भएर के बिग्रिएको छ ? सबैको प्रतिनिधित्व भएको छ । राष्ट्रिय एकतामा त्यसले बल पुगेको छ । त्यसकारण थ्रेसहोल्ड बढाउने कुरा गलत छ । कुनै हालतमा बढाउनु हुँदैन । नेपालमा जातजाति, भाषाभाषि, अल्पसंख्यक, सिमान्तकृत, जनसमुदायको प्रतिनिधित्व हुनुपर्छ नि । त्यसो भएको हुनाले थ्रेसहोल्ड राख्नु किमार्थ सैह्य हुँदैन । यसले साना पार्टीको अस्तित्व नामेट पारेर दुई दलिय व्यवस्थातिर लाने सुनियोजित योजनाहरु अनुसार यो आइराखेको छ । यसमा हाम्रो र अरु पार्टीहरुको पनि समर्थन हुँदैन ।

प्रश्नः संविधान संशोधन गर्दैगर्दा सुधार गर्नैपर्ने अत्यावश्यक के छ ?

जवाफः मैले शुरुमा पनि भने हाम्रो संविधानको इमान्दारितापूर्वक कार्यान्वयनको समस्या छ । जब त्यसलाई राम्रोसँग अभ्यासमा लगिन्छ नि, अभ्यासमा लगेपछि कहाँनिर सुधार गर्नुपर्ने रहेछ, कहाँनेर विकास गर्नुपर्नेछ भन्ने थाहा हुन्छ । ९ वर्षको अवधिमा राम्रोसँग अभ्यास नै नभएको छैन । र पनि गर्नैपर्छ भन्ने हो भने अग्रगामी, प्रगतिशील, जनताका अधिकार बढाउनका लागि उहाँहरुले खुलस्तसँग ल्याउनुप¥यो कुन–कुन बुँदामा कसरी गर्न खोजेको हो ? अग्रगामी दिशातिर जाने हो भने हाम्रो सहमती छ । तर मलाई के लाग्छ भने अहिले संविधान संशोधन नभएर केही कुरा अड्किएको छैन । सुशासन, समृद्धि र सेवाप्रवाह गर्ने कुरामा संविधानले कुनै रोकेको, अड्काएको छैन । तर संविधान त संशोधन गर्न सकिन्छ, एक दशकमा गर्ने भनेको छ नि त भन्ने हो भने अग्रगामी ढंगले गरौँ ।

प्रश्न:संघीयता कार्यान्वयन प्रभावकारी रुपमा हुन नसकेको दोष काँग्रेस–एमाले–माओवादी केन्द्रलाई जाने गरेको छ, यस्तै हो ?

जवाफ: संघीयता धेरै ठूलो संघर्षको बलमा स्थापना भएको कुरा हो । कतिपय पार्टीहरुलाई त यो संघीयता त्यति रुचिकर पनि छैन । यसमा राष्ट्रिय सहमती हुनुपर्ने प्रभावकारी कार्यान्वयन गर्नका लागि । प्रदेशलाई दिनुपर्ने अधिकार पनि पुरा दिइराखिएको छैन । कानुनहरु पनि बनिसकेका छैनन् । त्यसले गर्दा यस्तो भएको हो । तर नेपालमा संघीयता जरुरी छ । आवश्यक छ । संघीयताले मात्रै नेपाली जनताका विविध जातजाति, भाषाभाषिका अधिकारहरुको सम्बोधन गर्नसक्छ । संघीयता कार्यान्वयन प्रभावकारी रुपमा भएको छैन । यो कुरा म स्वीकार्छु ।

प्रश्नः अंक गणितको हिसाबले हेर्दा संविधान संशोधन जटिल देखियो नि होइन, प्रतिनिधि सभाको यो कार्यकालमा संविधान संशोधन होला ?

जवाफः यो सफा नियतले ल्याएको छैन । उहाँहरुलाई सत्तामा पुग्नुपथ्र्यो । उहाँहरुलाई दुई दलियतातिर देशलाई लैजानुपथ्र्यो । पहिलो त, सत्तालिप्साको कारणले नै उहाँहरुले यसलाई आवरण बनाएको मात्रै हो । संविधान संशोधनलाई आवरण बनाएको हो । उहाँहरुलाई त अहिले जनतालाई दिएको अधिकार पनि बढी भयो जस्तो लागेको छ । संघीयता पनि घाँडो जस्तो लागेको छ । यि सबै कुराले गर्दा भैहाल्यो भने पछिल्तिर फर्किनका लागि अनुकुल हुन्छ कि भनेर फालेको तुरुप हो यो । मुख्यतः सत्तामा जाने भ¥याङ बनाउन हो । पहिलो र दोस्रो दल मिलेर किन सरकार बनाएको ? भनेर उठ्ने प्रश्नलाई हामीले त संविधान संशोधनको उद्देश्य राखेर पो गरेको भन्ने पार्नलाई हो । संशोधन गर्ने भनेपछि उहाँहरु पछाडि फर्किने कुरा हो । मलाई लाग्छ दुई दल(काँग्रेस–एमाले) बाहेक संविधान संशोधनका लागि तयार हुँदैनन् । र जनतालाई पनि त्यो सैह्य हुँदैन । त्यसकारण संविधान संशोधन उहाँहरुले भनेको जस्तो सहज छैन । न्युज एजेन्सी नेपाल