२१ मंसिर २०८२, आईतवार
,
Latest
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु गोरखाको रिपुम गुम्बामा आगालागी सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा आवश्यक छ स्पष्ट नीति एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ



अ+ अ-

कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको हारोपमा उनका श्रीमान ४२ वर्षीय जहरसिँह कुँवरलाई प्रहरीले आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माका अनुसार सामान्य विवादका क्रममा जहरसिँहले राधिकामाथि खुकुरी प्रहार गरेका थिए । उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

छिमेकीले घटनाबारे जानकारी गराएपछि वडा प्रहरी कार्यालय बैदामको टोलीले राधिकालाई उपचारका लागि अस्पताल लगेको थियो । जहरसिँह खुकुरीसहित पक्राउ परेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ । रासस