३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः डिनामाको पोस्टमा बायर्नको ९ गोल, केन एक्लैले गरे ४ गोल



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । गएराति भएको खेलमा बायर्नले क्रोएसियन क्लब डिनामो जाग्रेवलाई ९–२ गोलले पराजित गरेको हो ।

घरेलु मैदान एलियान्ज अरेनामा बायर्नलाई फराकिलो जित दिलाउन ह्यारी केन एक्लैले चार गोल गरे । उनले तीन गोल त पेनाल्टीमै गरेका थिए । यस्तै, माइकल ओलिसेले दुई गोल गरे भने राफेल गुरेइरो, लेरोइ साने र लिओन गोरेट्ज्काले एक–एक गोल गरे ।

डिनामोका ब्रुनो पेट्कोभिच र टाकुया ओगीवाराले गोल फर्काए । गएरातिदेखि च्याम्पियन्स लिग नयाँ ढाँचामा सुरु भएको छ । यसपटक ३६ टोलिले सहभागिता जनाएका छन् । तालिकाको ८ टोलि सिधै नकआउट चरणमा प्रवेश गर्नेछ ।