३१ श्रावण २०८३, आईतवार
,
Latest
व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–१७ र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१७ फुटबल च्याम्पियनसिपका र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ गरेको छ ।

आगामी सेप्टेम्बर २० देखि ३० सम्म भुटानको राजधानी थिम्पुमा सात राष्ट्र सम्मिलित साफ यु–१७ फुटबल च्याम्पिपयनसिप हुँदैछ । चाङ्लिमिथाङमा हुने च्याम्पियनसिपमा नेपालको समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंका छन् । नेपालको अर्को युवा टोलीले चाइनिज ताइपेइमा एएफसी यु–२० एशियन कपको छनोट पनि खेल्नेछ । एन्फाले मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रम आयोजना गर्दै दुवै युवा टोलीको बिदाइ गरेको हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र सिइओ इन्द्रमान तुलाधारलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् । सो अवसरमा मन्त्री चौधरीले सगरमाथाजस्तो उच्च मनोबलका साथ खेल्न शुभकामना दिँदै साफ यु–१७ मा नेपालको इतिहास राम्रै रहेकाले यो नतिजालाई कायम राख्न अनुरोध गर्नुभयो । मन्त्री चौधरीले आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न नभई नेपालको प्रतिनिधि भएर जाँदैछु भन्ने महशुस गर्न खेलाडीलाई आग्रह गर्नुभयो ।

एन्फका अध्यक्ष नेम्वाङले नयाँ फुटबल रंगशाला निर्माणका लागि जग्गा खोज्ने काम भइरहेको बताउनु भयो । साथै उहाँले दुवै नेपाली टोलीलाई राष्ट्र सम्झेर खेल्दै जितेर आउन शुभकामना दिनुभयो ।

नेपालको यु–२० युवा टोलीले एशियन कप छनोट चरणमा समूह ‘बी’ मा रहेर प्रतिष्पर्धा गर्दैछ । उक्त समूहमा आयोजक चाइनिज ताइपेइ, बहराइन, उब्जेकिस्तान र कम्बोडिया छन् । नेपालले आफ्नो पहिलो खेल कम्बोडियासँग आगामी सेप्टेम्बर २१ म खेल्नेछ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईसँग सेप्टेम्बर २३ मा र उब्जेकिस्तानसँग आगामी २५ तारिखमा खेल्ने तय छ ।

दुई दिनपछि ताइपेइ सिटीमा नेपालले बहराइनविरुद्ध चुनौती प्रश्तुत गर्नेछ । समूहमा पहिलो हुने टोलीले आगामी सन् २०२५ मा चीनमा आयोजना हुने यु–२० एशियन कपमा सिधै स्थान बनाउनेछ ।