२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन एसपीविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै सशस्त्र प्रहरी बलका एक एसपीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले एसपी वीरसिंह साहुविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी ​गरेको छ ।

साहुले डेढ महिनाअघि मात्र आफ्नो पदबाट राजीनामा दिएका थिए।