• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड

हुर्किइन पुष्पा, इन्क्लोजरमा छाडिने



चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ । 

एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उक्त गैडाको बच्चालाई उद्दार गरी हुकाईएको हो । पुस्पा नाम गरेकी उक्त गैडाको बच्चालाई भैंसीको दुध खुवाएर हुर्काइएको हो । अहिले घाँस खान सक्ने भएसँगै जंगलमा लगेर छाडने तयारी गरिएको छ । गैडाको बच्चालाई लालबहादुर महतराले हुर्काउनुभएको हो । सानैदेखि रेखदेख गर्दै आएकाले पुष्पालाई छाडनुपर्ने दिन नजिकिदै गर्दा महतरा भने दुखि देखिनुहुन्छ । आफ्नो बच्चालाई जस्तै माया दिएर हुर्काएकोले जंगलमा छाडेपनि रेखदेख गर्न पुग्ने महतराले बताउनुभयो ।

पुष्पाले जन्मेदेखि नै जंगलको अनुभव गर्न पाएकी छैन । भैंसीको दुध खाएर हुर्केकी पुष्पालाई सुरुमै खुला जंगलमा नभइ अर्नाका लागि बनाइएको खुला खोरमा छोड्ने तयारी गरिएको छ । तत्कालै जंगल लगेर छाड्दा अन्य जनावरको डर हुने भएकोले पहिला निकुञ्ज भित्रको अर्नाका लागि तयार पारिएको ‘इन्क्लोजर’ (तारबारगरी निश्चित क्षेत्र छुट्टाइएको ठाउँ)  मा लगेर राखिने र जंगल कै प्रकृतिमा रमाउन सक्ने भएपछि खुला जंगलमा छाडिने राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेले बताउनुभयो ।

राष्ट्रिय प्राकृतिक संरक्षण कोषले पुष्पासहित हालसम्म २५ ओटा टुहुरा गैंडाको बच्चा हुर्काएको छ । पुष्पालाई भेटेरिनरी डाक्टर, वन्यजन्तु प्राविधिक सहितको सहयोगमा हुर्काइएको हो ।