२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

डान्सिंङ ईन फायर काठमाडौमा देखियो: अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुको छनोटमा

डान्सिंङ ईन फायर काठमाडौमा देखियो: अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुको छनोटमा
अ अ+ अ-

काठमाडौ । काठमाडौ उपत्यकाको छेउछाउमा रहेको बायु उतार्ने र खलीखाने चलनका बारेमा बनेको बृत्तचित्र निर्माण भएको केही महिनामा नै दर्जन अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा छनोटमा परेको छ ।

आफ्नो घर तथा कुलमा अकालमा बितेका मानिसहरु काँचो बायु भएर रहन्छन् र उनीहरुको आत्मालाई पुजाका विधिद्धारा बायु उतार्ने प्रक्रियालाई अवलोकन गरेर यो बृत्तचित्र निर्माण भएको हो । डान्सिंङ ईन फायरले भक्तपुरको चाँगुनारायण नगरपालिकाको जीतपुरफेदी खड्कागाउँमा भएको बायु उतार्ने र खली खाने चलनलाई कथामा समेटेको छ । नेपालको खलीखाने चलन र जनस्वास्थ्यको विषयमा चालिस वर्षदेखि अध्ययन गरिरहेका अमेरिकी मानवशास्त्री अल्फ्रेड पाक प्रोड्यसर रहेको फिल्मको निर्देशन रमेश खड्काले गरेका छन् ।

अकालमा मरेका मानिसहरुको बारेमा जीवित रहेको पारीवारिक संवेदना र परिवारमा भएको अकालको मृत्युको अवस्थालाई उनीहरुले कसरी यो विधिबाट सान्त्वना लिइरेहका छन् भन्ने विषयमा वृत्तचित्र केन्द्रित रहेको छ । महिना दिन लामो बायु उतार्ने प्रक्रिया, उनीहरुको सामाजिक अवस्था र मृत्युको दुखबाट छुटकारा पाउन परिवार र सिंगो समाजले अपनाएको सांस्कृतिक चलनमाथि यो फिल्म केन्द्रित रहेको छ ।

गत मार्चमा पेरिसमा सम्पन्न ईथ्नो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर भएको यो फिल्म फ्रान्सको अर्को चर्चित फिल्म महोत्सव कान्स वल्र्ड फिल्म महोत्सवमा छनोटमा परेको छ । जर्मनीको ब्राण्डेनवर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि यो फिल्म छनोटमा परेको छ । काठमाडौमा चालु भएको काठमाडौ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा पनि यो फिल्म प्रदर्शन भएको छ । यो फिल्मले विश्वका विभिन्न फिल्म महोत्सवहरुमा सहभागिता जनाइसकेको छ भने केही महत्वपूर्ण फिल्म महोत्सवहरुमा अवार्ड हासिल गरेको छ । विश्वका विभिन्न फिल्म महोत्सवहरुको छनोटका पत्रहरु आईरहेको फिल्मका निर्देशक रमेश खड्काले बताएका छन् ।

अहिलेसम्म २०२४ को सुरुवातदेखि फ्रान्सको ईथ्नोग्राफ फिल्म महोत्सव, कान्स विश्व फिल्म महोत्सव, ब्राण्डेनवर्ग फिल्म महोत्सव, जर्मनी, सिंगापुर अन्तर्राष्ट्रिय फिल्म फेयर, दुबै अन्तर्राष्ट्रिय सिने कार्निभल्स, स्वीडीस अन्तर्राष्ट्रिय मोसन पिक्चर अवार्ड, फुकेट अन्तर्राष्ट्रिय फिल्म महोत्सव, थाइल्याण्ड,ड्रुक अन्तर्राष्ट्यि फिल्म महोत्सव, भुटान, साउथ एसियन अन्तर्राष्ट्रिय फिल्म महोत्सव फ्लोरिडा , फिल्म सोसाइटी अफ समिट न्युजर्सी, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव मेरिल्याण्ड युएसएका विभिन्न प्रतिस्पर्धाहरुमा यो फिल्म छनोटमा परेको छ ।

निर्माण सम्पन्न भएको केही समयमा नै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा यसको सहभागिता नेपालको मानव।संस्कृतिमा भएको विविधता र मानिसहरुको मृत्युपछिको समवेदनालाई “हील” गर्ने सामाजिक परम्परा मूख्य कुरा भएको यसका प्रोड्युसर अल्फ्रेड पाक बताउनुहुन्छ ।

नेपालमा विद्यमान रहेको वायु उतार्ने र खली खाने चलनको बारेमा चालीस वर्षदेखि अध्ययन गर्दै आएका अल्फ्रेड नेपाली संस्कृतिमा रहेको विविधता संसारका लागि अचम्म लाग्दो मानवीय रुचिको विषय भएकोले यो फिल्म बनाउन प्रेरित भएको बताउनुहुन्छ । काठमाडौ उपत्यकाको वरपर हुने खलीको चलनको वृत्तचित्र बनाउँदा, त्यसको अध्ययन गर्दा संस्कृतिमा भएको विविधता देख्न पाएको र त्यसलाई फिल्मको रुपमा निर्माण गर्दा खुशी लागेको निर्देशक रमेश खड्काले बताएका छन् ।

निर्देशक खड्का भन्छन–“ अरुले नसोचेको एउटा फरक विषयमा बनेको फिल्मले समेटेको विषयवस्तु फिल्मको फरक खालको कथावस्तु भएकोले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुको रोजाइमा परेको निर्देशक खड्काले बताउनुभयो । “यसले पाइरहेको अन्तर्राष्ट्रिय सफलताप्रति हामी खुशी छौं । एउटा बेग्लै खालको विषयमा गरिएको कामले केही महिनामा दर्जन अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आउनु निर्माता तथा निर्देशकका लागि महत्वपूर्ण कुरा हो ।”