१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा दरबारमा २१औँ सवा लाख रोट महोत्सवको उत्सब- फोटो फिचर



अ+ अ-

गोरखा । वैशाख पूर्णिमाका दिनबाट गोरखा दरबारमा २१औँ सवा लाख रोट महोत्सव सुरु भएको छ ।

वैशाख पूर्णिमा दिन अर्थात् गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव सुरु भएको हो । जेठ २१ गतेसम्म चल्ने महोत्सवमा देश र विदेशबाट साधु र साधकहरू उपस्थिती रहेको छ । महोत्सवमा गोरखनाथलाई मनपर्ने प्रसादको रुपमा रोटलाई दिने गरिन्छ ।

विभिन्न प्रकारका मसला जाइफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिवल लगायत ५२ प्रकारका शक्तिवर्धक मसला राखेर गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ । गुरु गोरखनाथलाई खुशी बनाउन सकेमा सङ्कट मोचन हुने भनाई रहँदै आएको छ ।

भक्तजनहरूले देवी देवताको पूजा, विशेष हवन, भजनकीर्तन लगायतका गतिविधि गरिरहेका छन् ।महोत्सवमा भाग लिन आउनेहरूलाई नि:शुल्क भोजनको व्यवस्था गरिएको छ ।

रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारको हुने गर्दछ । भुङ्ग्रे रोट बलिरहेको आगोमा पोलेर बनाइन्छ भने तावा रोट शुद्ध घिउमा तारेर बनाइन्छ । विश्वकल्याण, विश्वशान्ति, आध्यात्मिक तथा नैतिक समाज निर्माण गर्न, गोरक्ष निखिल शक्ति जागरण गर्न, गुरु गोरखनाथलाई खुशी बनाउन प्रत्येक वर्ष सवा लाख रोट महोत्सव गर्दै आएको छ ।