१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा दरबारमा २१औँ सवा लाख रोट महोत्सवको उत्सब- फोटो फिचर



अ+ अ-

गोरखा । वैशाख पूर्णिमाका दिनबाट गोरखा दरबारमा २१औँ सवा लाख रोट महोत्सव सुरु भएको छ ।

वैशाख पूर्णिमा दिन अर्थात् गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव सुरु भएको हो । जेठ २१ गतेसम्म चल्ने महोत्सवमा देश र विदेशबाट साधु र साधकहरू उपस्थिती रहेको छ । महोत्सवमा गोरखनाथलाई मनपर्ने प्रसादको रुपमा रोटलाई दिने गरिन्छ ।

विभिन्न प्रकारका मसला जाइफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिवल लगायत ५२ प्रकारका शक्तिवर्धक मसला राखेर गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ । गुरु गोरखनाथलाई खुशी बनाउन सकेमा सङ्कट मोचन हुने भनाई रहँदै आएको छ ।

भक्तजनहरूले देवी देवताको पूजा, विशेष हवन, भजनकीर्तन लगायतका गतिविधि गरिरहेका छन् ।महोत्सवमा भाग लिन आउनेहरूलाई नि:शुल्क भोजनको व्यवस्था गरिएको छ ।

रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारको हुने गर्दछ । भुङ्ग्रे रोट बलिरहेको आगोमा पोलेर बनाइन्छ भने तावा रोट शुद्ध घिउमा तारेर बनाइन्छ । विश्वकल्याण, विश्वशान्ति, आध्यात्मिक तथा नैतिक समाज निर्माण गर्न, गोरक्ष निखिल शक्ति जागरण गर्न, गुरु गोरखनाथलाई खुशी बनाउन प्रत्येक वर्ष सवा लाख रोट महोत्सव गर्दै आएको छ ।