२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डका प्रधानमन्त्री थाभिसिनलाई अदालतले पदबाट हटायो



अ+ अ-

काठमाडौँ । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनलाई संवैधानिक अदालतले पदबाट हटाएको छ ।

उनीमाथि आपराधिक रेकर्ड भएका वकिललाई क्याबिनेटमा समावेश गरेको आरोप लागेको थियो । अदालतले प्रधानमन्त्री श्रेथाको यो कदमलाई नैतिकताको उल्लङ्घन भएको भन्दै दोषी ठहर गरेको छ ।

संवैधानिक अदालतका ९ न्यायाधीशको इजलासले ५–४ को बहुमतले यस्तो निर्णय गरेको हो । पूर्व सिनेटरहरुले प्रधानमन्त्री श्रेथाविरुद्ध अदालतमा उजुरी दिएका थिए । यी सबै सिनेटरहरू अघिल्लो सरकारले नियुक्त गरेका थिए । यो निर्णयपछि थाइल्याण्डमा राजनीतिक संकट उत्पन्न भएको छ ।

अघिल्लो साता संवैधानिक अदालतले प्रमुख प्रतिपक्षी दल मुभ फर्वार्ड पार्टीलाई खारेज गरेको थियो । साथै यसका सबै नेताहरुलाई १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत वर्ष भएको निर्वाचनमा मुभ फरवार्ड पार्टीले सबैभन्दा बढी सिट जितेको थियो ।

अदालतले आदेशमा थाई सरकारको मन्त्रिपरिषद् पनि विघटन गरेको छ । अब यसपछि नयाँ प्रधानमन्त्री नियुक्त हुनेछन् ।

फू थाइ पार्टी नेतृत्वको सत्तारुढ गठबन्धनले अब प्रधानमन्त्री पदका लागि नयाँ नाम घोषणा गर्ने भएको छ । नयाँ नाम घोषणा गर्न थाइल्याण्डको ५०० सदस्यीय संसदमा मतदान हुनेछ ।

अदालतले प्रधानमन्त्री श्रेथाले आपराधिक रेकर्ड भएका व्यक्तिलाई जानाजानी मन्त्रिपरिषद्मा समावेश गरेको बताएको छ ।

मन्त्रिपरिषद्मा सामेल हुने वकिल पिचित चुएनबान हुन्, जो २००८ मा एक मुद्दामा दोषी ठहरिएका थिए ।